अपराध सुरक्षा

एक साताभित्र हतियार बुझाउन सुरक्षा समितिको आग्रह

एक साताभित्र हतियार बुझाउन सुरक्षा समितिको आग्रह
फागुन - २४ । चितावन, स्थानीय तहको निर्वाचनको घोषणा गरिएसँगै सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ । प्रजिअ नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा निकाय कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएको बताए । अनुमति नलिइएका घरेलु र अन्य हतियारसमेत बुझाउन आग्रह गरिएको छ । एक साताको समयमा त्यस्ता हतियार नबुझाइएमा सुरक्षा निकायले खोजीलाई तीव्रता दिएर कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी उनले दिए । निर्वाचनलाई नै ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल (एकाइ) समेत गठन गरेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सेलले निर्वाचनसँग सम्बन्धित सुरक्षाका कार्य अघि बढाउने छ । निर्वाचन कार्यालयलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन सुरु गरिसकेका छन् । सबै क्षेत्र र समुदायसँग समन्वय गरेर जिल्लामा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ भट्टले बताए ।

सुरक्षा समिति

विशेष