अपराध सुरक्षा

नक्कली प्रहरी बनेर फिरौती माग्ने पक्राउ

नक्कली प्रहरी बनेर फिरौती माग्ने पक्राउ
फागुन २५ । प्रहरी बनेर फरौती माग्ने चार जनालाई नुवाकोट प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ । दुई पिपल ५ का २६ वर्षिय सन्तबहादुर तामाङ, सोही गाविस वडा नम्बर ३ का ३१ वर्षिय कृष्णराज श्रेष्ठ, मकवानपुर टिष्टुङ ९ का ३१ वर्षिय सूर्यबहादुर स्याङतान र वडा ४ का ३१ वर्षिय वाङ लामालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले र दुईपिपल ८ का ३० वर्षिय अर्जुनप्रसाद दाहालसंग आफूहरु प्रहरी भएको भन्दै उनको साथवाट १५ हजार लुटेर १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए । पक्राउ पर्ने ब्यक्तिमाथि शरीर बन्धक मुद्दामा नुवाकोट अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कैलास बहादुर भट्टराईले बताए ।

nakkali police

विशेष