विवाह गर्न नपाउँदा किशोरकिशोरीद्वारा सामूहिक आत्महत्या

फागुन २६ । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन्।
बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए।
घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले बताए।
नयाँ पत्रिका
atmahatya