अर्थ

फरवार्ड आइपिओ विवादमा, एउटै सेयर दुई जनालाई

फरवार्ड आइपिओ विवादमा, एउटै सेयर दुई जनालाई

फागुन २६ । फवार्ड कम्युनिटी माइक्रो फाइनान्सले निष्कासन गरेको साधारण सेयर बाँडफाँडमा अनियमितता भएको भन्दै परेको उजुरीमा धितोपत्र बोर्डले अनुसन्धान थालेको छ ।

एउटै आवेदन नम्बरबाट धेरै फाराम संकलन गरी बाँडफाँड प्रक्रियामा अनियमितता गरिएको भन्दै साना लगानीकर्ताहरुले उजुरीमार्फत बोर्डसमक्ष आग्रह गरेपछि अनुसन्धान थालिएको बोर्डका सहप्रवक्ता नीरञ्जय घिमिरेले जानकारी दिए ।

उनले उजुरी परेपछि आइपिओको सेयर बाँडफाँडको जिम्मा पाएको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकसँग कुराकानी गरेको जानकारी दिए। ‘अहिले आस्वा प्रणालीबाट फाराम दर्ता गरिने हुँदा पनि यस्तो गल्ती भएको हुन सक्छ। नियतवश भएको छैन तर, विधिगत त्रुटि हुन सक्छ।’ उनले भने, यसबारे वास्तविकता बुझ्ने काम हुँदै छ । प्रविधिका कारण हो वा नियतवश गरिएको हो हामी अनुसन्धान गर्दै छौं ।’

फरवार्ड कम्युनिटीको सेयरमा एउटै आवेदन नम्बर भएका कतिपय सेयरधनीले एकजनालाई परेको सेयर आफूले पनि पाउनुपर्ने दाबी गर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यशोदा न्यौपानेले धितोपत्र बोर्डमा र सेयर रजिस्ट्रार नविल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडमा निवेदन दिएका थिए ।

आर्थिक अभियान

Farwad cuminty

विशेष