अर्थ

नयाँ म्यानपावरका लागी दर्ता खुल्यो, १० लाख घुस दिए तुरुन्तै पाइने

नयाँ म्यानपावरका लागी दर्ता खुल्यो, १० लाख घुस दिए तुरुन्तै पाइने
फागुन २६ । वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर संचालनका लागि लाइसेन्स खोलेको छ। सुर्यमान गुरुङले श्रम तथा रोजगार मन्त्री सम्हालेको ६ महिनापछि विभागले नयाँ लाइसेन्स खालेको हो । नयाँ म्यानपावर खोल्न सरकारले ४ वर्षभन्दा बढी समयदेखि रोक लगाएको थियो। अहिलेसम्म विभागबाट २४ वटा नयाँ म्यानपावर खोल्न व्यवसायीहरुले लाइसेन्स लिइसकेका छन् । ७ सय ५६ वटा म्यानपावरले यसअघि अनुमति पाएका थिए भने नयाँ लाइसेन्स लिएपछि म्यानपावरहरुको संख्या ७ सय ८० पुगेको छ । वैदेशिक रोजगार संघमा भने ७ सय ८० ले मात्र दर्ता गरेका छन् । नयाँ म्यानपावर खोल्न चाहनेहरुले २३ लाख बैंक ग्यारेन्टी, ७ लाख नगद धरौटी बुझाउनुपर्छ । नयाँ म्यानपावर खोल्नका लागि निवेदन दिएको २० देखि १ महिनाभित्र विभागले लाइसेन्स दिन्छ । तर विभागका कर्मचारी र केही एजेन्टहरुलाई थप १० लाख घुस दिए लाइसेन्स उनीहरुले व्यवसायीको हातमा र्पुयाइदिने गरेको व्यवसायीहरुले बताएका छन् । नयाँ लाइसेन्स लिनका लागि १० लाख जोहो गरे तुरुन्तै पाइने व्यवसायीहरुले बताए । केही महिनाअघि नयाँ लाइसेन्स दिनका लागि घुस लिदैँ गर्दा विभागका शाखा अधिकृत रमेश लामिछाने १० लाख घुससहित पक्राउ परेका थिए ।

manpower Rojgar

विशेष