अपराध सुरक्षा

बर्दियामा ७० वर्षीया वृद्धा बलात्कृत, भारतीय युवक पक्राउ

बर्दियामा ७० वर्षीया वृद्धा बलात्कृत, भारतीय युवक पक्राउ
फागुन २६ । वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिकलाई बर्दिया प्रहरी र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश अजमगढ जिल्ला अम्बेटका नगरथाना टाण्डास्थित अजिमिटिसपुरका २५ वर्षीय बहादुर लाल यादव भनिने बहादुर लाल पासवानलाई प्रहरीले पक्राउ गरेको हो । भारतीय नम्बरको गाडीका सहचालकसमेत रहेका पासवानले गुलरिया नगरपालिका १० गोलपार्क नजिकैको गहुँबारीमा ७० वर्षीया वृद्धालाई जबरजस्ती गरेको प्रहरी उपरीक्षक भरतबहादुर बोहरले बताए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Rape

विशेष