अपराध सुरक्षा

प्रचण्ड पुत्रलाई इटालियन राइफल

प्रचण्ड पुत्रलाई इटालियन राइफल

फागुन २७ । प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएका छन् ।

दाहालको व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको सुरक्षा समितिको निश्कर्षपछि गृह मन्त्रालयको सिफारिसमा उनलाई हतियार बोक्न अनुमति दिइएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले दाहालले इटलीबाट आयात गरेको २२ बोरको राइफल र दुईसय थान गोली राख्ने इजाजतपत्र दिएको हो । इजाजत पत्र उनको नागरिकतामा रहेको साकार दाहालका नाममा छ ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम लुईंटेलले करिब डेढ वर्षअघि दाहालले दिएको निवेदनका आधारमा बिहीबार नेपाल आई पुगेको हतियार र गोलीमा सरकारी मोहर लागेको हो ।

दाहालले गत पुषमा आफूलाई सुरक्षा खतरा रहेको भन्दै प्रशासनमा हतियारका लागि निवेदन दिएका थिए ।

नागरिक

prakash dahal

विशेष