खाना पकाउने ग्यासको मूल्य बढ्यो

फागुन – २७ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेकोले नेपाल पनि मूल्य बढेको आयल निगमले जनाएको छ । मूल्य वृद्धिसँगै प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँबाट बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ।
Gas