अपराध सुरक्षा

अज्ञात समूहद्वारा भारतीय गाडीमा आगजनी

अज्ञात समूहद्वारा भारतीय गाडीमा आगजनी
फागुन - २८ । भरतपुर उपमहानगरपालिकाको विकास चोकमा आज एक भारतीय गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। दिउँसो युपी ५३ डिपी ००३० नम्बरको ग्यारेजमा राखिएको गाडी बाहिर निकाल्न लगाई पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले चारजनाको समूहमा आएका व्यक्तिले आगजनी गरेको जानकारी दिए। मैदा लिएर आएको सो गाडी सामान झारी मर्मतका लागि ग्यारेजमा राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक साता भारतीय गाडी चल्न नदिने अभियानअन्तर्गत आगजनी गरेको हुनसक्ने उनले बताए। रासस

Agjani Fire Fire in bus

विशेष