प्रधानमन्त्री बसेकै सिट जलाइयो
फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन गरे ।
त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे । तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बसमा चढाए ।
उक्त सिट विशेष सुविधायुक्त थियो । दीक्षितको मनसाय साझाले सर्बसाधारणलाई दिन चाहेको सेवासुविधा विषयमा सरकारलाई अवगत गराउनु थियो । प्रधानमन्त्री दाहाल चढेको उक्त बसको सीट शनिबार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिकार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री दाहालले उदघाटनका क्रममा चढेका थिए ।
नागरिक दैनिक
pm prachanda