अर्थ

सौर्यले १ अर्बमा नयाँ जेट विमान थप्यो

सौर्यले १ अर्बमा नयाँ जेट विमान थप्यो

फागुन ३० । आन्तरिक हवाई रुटमा जेट विमान उडाउँदै आएको सौर्य एयरलाइन्सले आइतबार दोस्रो विमान थपेको छ ।

एयरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टाइका अनसार सन् २००३ मा बनाएको सो विमानको मूल्य १ अर्ब रुपैयाँ रहेको छ । क्यानडाको बम्मार्डियर एन्कले उत्पादन गरेको उक्त विमान सीआरजे २०० मोडेलको हो ।

१४ वर्ष अघि यो विमान साउथ अफ्रिकन एक्सप्रेस एयरवेजका लागि बनाइएको थियो । नेपालको निगमले १५ वर्ष सम्म उडेको पुरानो जहाज ल्याउन छुट दिएको छ ।

निर्देशक भट्टराईका अनुसार केही महिनायता यो विमान उक्त एयरवेजबाट एउटा अमेरिककी कम्पनीले खरिद गरको थियो । त्यही कम्पनीले खरिद गरेको विमान सोर्यले यो विमान खरिद गरेको उनले बताए ।

Saurya Airlince

विशेष