चिया क्षेत्रमा सरकारले चासो नदिएको उद्यमीको गुनासो
फागुन ३० । इलामका चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् ।
सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अगर््यानिक चियालाई बाहिर निर्यात गर्दा समेत उचित मूल्य नपाइएको गुनासो गरेका हुन् ।
“हामीले राम्रो र गुणस्तरीय चिया उत्पादन गरे पनि सही मूल्यांकन गरिएन” फिक्कलस्थित गोर्खा टिस्टेटका प्रबन्धक उदय चापागाईले भने । “पटकपटक सरकारलाई चियाको उचित मूल्य तोक्न आग्रह गरे पनि सुनुवाइ भएन ।” चापागाईले जिल्लामा आफूहरूले अर्या्निक चिया उत्पादन गरे पनि अन्य चियाकै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको बताए ।
किसानको हरियो पत्तीलाई उचित मूल्य दिएर चिया निर्यातमा सरकारले चासो व्यक्त गरेर किसान र उद्योगीको हकमा नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
अर्या्निक प्रमाणीकरण भएका उद्योगलाई विदेश निर्यात गरेबापत दिइने दुईदेखि चार प्रतिशतसम्म प्रोत्साहन रकम चिया ऐनमा व्यवस्था गरिएको छ ।
illam tea