अर्थ

दैनिक १६ किलो सुन आयात

दैनिक १६ किलो सुन आयात

चैत्र १ । वैधानिक तरिकाले आठ महिनामा तीन हजार ८ सय ६० किलो सुन नेपाल भित्रिएको छ । जसको परिणाम हेर्दा दैनिक १६ किलो हुन आउँछ । वाणिज्य बैकले चालु आर्थिक वर्षको साउनदेखि गत सुक्रबार सम्म उक्त परिणामको सुन आयात भएको जनाएको छ ।

चालु आर्थिक वर्षमा विभिन्न वाणिज्य बैकले तीन हजार ६ सय २४ किलो सुन बिक्रि गरिसकेको नेपाल बैकर्स संघका कार्यकारी निर्देशक केशव अधिकारीले बताए ।

टुक्रे सुनको माग बढेकाले बैकहरुले सय ग्राम, पाँचसय ग्रामका सुनका टुक्रा पनि ल्याउन थालेका छन् । सेञ्चुरी बैकले पहिलो पटक सुनका टुक्रा ल्याउन थालेको अधिकारीले बताए ।

नागरिक

Gold In Nepal

विशेष