नीजि क्षेत्रमा लगानी गर्न विश्व बैकको सुझाव
चैत्र १ । विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागी थप सहयोग बिस्तार गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसंग नेपालमा भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक एण्डिन ह्याडियान्तोले सोमवार भेटवार्ता गर्दै थप सहयोगको प्रतिवद्धता जनाएका हुन् । भेटमा कार्यकारी निर्देशक ह्याडियान्तोले असल बिकास साझेदार संस्थाका रुपमा बिश्व बैंक नेपालको बिकासमा निकट सहयोगीका रुपमा काम गर्दै आएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताए ।
उनले पुनर्निर्माणमा देखिएका चुनौतीवारे जिज्ञासा राख्दै बिश्व बैंकको सहयोगमा संचालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी सयन्त्रबीच थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । सो क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले पुनर्निर्माणमा देखिएका चुनौतीलाई सामना गर्न बिकास साझेदार संस्थाको पनि महत्वपुर्ण भूमिका हुने बताए ।
पोखरेलले भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासंग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिएका थिए । ह्याडियान्तोले अन्य केही मुलुकको उदाहरण दिदै नेपालमा संचालन हुने गरेका बिकास परियोजनाको गतिलाई तिव्रता दिनुपर्नेमा जोड दिए । उनले पुनर्निर्माणको कुन क्षेत्रमा बढी सहयोग आवश्यक छ भन्ने जिज्ञासा राख्नुभयो, मैले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव र पुनर्निर्माणपछि जनताको जिविकोपार्जन र आर्थिक सम्बृद्धिका लागी सिप बिकास र क्षमता बिस्तार गर्ने कुरालाई जोड दिए पोखरेलले भने, सहयोग गर्ने बचन दिए ” ।
प्राधिकरणका सिइओ पोखरेलले सरकारी संयन्त्रमा हुने गरेका विभिन्न प्रक्रियागत कठिनाईले पुनर्निर्माणको काममा पनि ढिलाई भएकोप्रति समेत उनले चासो राखेको बताए । कार्यकारी निर्देशक ह्याडियान्तोले पुननिर्माण कोष कार्यान्वयनमा भइरहेको ढिलाईप्रति समेत चासो राखेका थिए ।
World Bank