अपराध सुरक्षा

भारतमा नेपाली महिलामाथि सामूहिक बलात्कार !

भारतमा नेपाली महिलामाथि सामूहिक बलात्कार !

चैत १ । दिल्लीमा नेपाली मूलकी एक महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । २६ वर्षीया नेपाली महिला बच्नका लागि नग्न अवस्थामा घरको पहिलो तल्लाबाट हाम फालिन् । उनी सडकमा मानिसहरुसँग मद्दतको गुहार मागिरहिन् तर कोही पनि उनलाई मद्दत गर्न अग्रसर भएनन् । यहाँसम्मकी उनको नग्न शरिरलाई ढाक्नसमेत कसैले कपडा दिएनन् ।

एक भारतीय मिडियाका अनुसार दिल्लीको पाण्डव नगर थाना इलाकामा उक्त घटना भएको हो । पुलिसबाट प्राप्त जानकारी अनुसार आइतबार बिहान एक व्यक्तिले पीडितलाई बाल्कोनीबाट हाम फालिरहेको देखेर बिहान स्थानीय समयानुसार ५ बजेर ४५ मिनेटमा पुलिसलाई फोन गरी उक्त कुराको जानकारी दिएका हुन् ।

पुलिसका अनुसार मुनिरका इलाकामा नविन देशमुख नामक युवकले महिलालाई आफ्नो घर ल्याए र उनलाई पाँच पुरुषले पालै–पालो सामूहिक बलात्कार गरे । विरोध गर्दा उनमाथि कुटपिट पनि गरियो । त्यसपछि आरोपीले उनको सबै कपडा खोलेर उनलाई कोठामा बन्द गरेर त्यहाँबाट भागे ।

पीडित महिला मद्दतका लागि उक्त घरको पहिलो तल्लामा बनेको कोठाबाट नग्न अवस्थामा नै त्यहाँबाट हाम फालिन् । मानिसहरु तमासे बने तर कसैले पनि महिलालाई शरिर ढाक्नका लागि कपडा दिएनन् । पछि घाइते महिला टेम्पोमा चढेर त्यहाँबाट निस्किइन् र पुलिसलाई घटनाको पूर्ण जानकारी दिइन् । उनले पुलिसलाई आफूलाई पाँचजनाले बलात्कार गरेको बताइन् ।

प्रहरीले महिलाको स्वास्थ्य उपचार गराए र आरोपी नविन कुमार देशमुख, प्रतिक कुमार, विकास मेहरा, सवर्जित र लक्ष्यलाई पक्राउ गर्यो । महिलाको खुट्टामा चोट लागेको छ । उनको उपचार भइरहेको छ । पुलिसका अनुसार पीडित महिला दुई बच्चाकी आमा हुन् ।

Rape in India

विशेष