अर्थ

काम नगर्नेको बजेट खोस्न सुरु

काम नगर्नेको बजेट खोस्न सुरु

चैत्र २ । अर्थ मन्त्रालयले बारम्बार विकासे मन्त्रालयलाई फागुन मसान्तसम्म खर्च नभएको बजेट तानेर प्रगति गरिरहको विकास आयोजना थप्ने जानकारी गराँउदा पनि खर्च नगरेका आयोजनाहरु खोस्ने काम मंगलबारबाट सुरु गरेको छ ।

चालु आर्थिक वर्ष २०७३-७४ को आठ महिना अर्थात फागुन मसान्तसम्ममा पनि बजेट खर्चको प्रक्रिया अघि बढाउन नसक्ने मन्त्रालय अन्तर्गतका आयोजनाको बजेट तान्ने प्रक्रिया अर्थमन्त्रालयले मंगलबार सुरु गरेको हो ।

अर्थले आयोजना सम्बद्ध मन्त्रालयसँग सोमबारसम्म भएको खर्चको विवरण मागेको छ । सम्बद्ध मन्त्रालयलाई एक साताभित्र खर्चको विवरण मागेका छौं महाशाखा प्रमुख मधु मरासिनीले बताए ।

नागरिक

Artha Mantralaya

विशेष