अपराध सुरक्षा

अनुचित सम्बन्धको परिणाम, भाउजूले गरिन् देवरको हत्या

अनुचित सम्बन्धको परिणाम, भाउजूले गरिन् देवरको हत्या
चैत्र २ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताए । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो । झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाइ दुवै जना मिलेर विनोदको हत्या गरेको पाइएको छ,” खापुङले भने । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रीताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो । शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रीताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रीताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । रीताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् । टेकबहादुरकी श्रीमती समेत मलेसियामै रहेकी छन् ।

hatya

विशेष