यौन-शिक्षा

विर्य योनी बाहिर फाले भनेर ढुक्क नहुनुस् गर्भ रहन सक्छ

विर्य योनी बाहिर फाले भनेर ढुक्क नहुनुस् गर्भ रहन सक्छ

यौनसम्पर्क गर्दा गर्भ रहनबाट बच्ने सबैभन्दा सजिलो साधन कण्डम हो । तर, कण्डमको प्रयोग गर्दा यौन सन्तुष्टि नहुने, कण्डमको प्रयोग गर्न झन्झटिलो मान्ने जस्ता समस्या रहेको पाइन्छ ।

कण्डमको प्रयोग गर्न झन्झटिलो मान्दा कतिपय जोडीले यौन सम्पर्कको समयमा विर्य यौनी बाहिर निकाल्ने गरेका हुन्छन् । तर, यौनी बाहिर विर्य निकाल्दा समेत गर्भ रहन सक्ने सम्भावना रहेको चिकित्सकहरु बताउँछन् । अब विर्य स्खलन हुने लाग्यो भनेर राम्रोसँग थाहा नपाउँदा वा यौनीबाट लिङ्ग झिक्न ढिलो भै विर्य योनीभित्रै झर्नसक्छ र गर्भ रहन जान्छ । सामान्य अवस्थामा यो सेक्रसन यौन सम्पर्कबाट गर्भ रहँदैन । तर कतिपय अवस्थामा सेक्रेसनमा शुक्रकिट मिसिएर आउन सक्ने हुदा गर्भ रहने सम्भावना रहने डाक्टर बताउँछन् ।

यस्ता अवस्था धेरै कम मात्रामा रहन्छ । त्यस बाहेक यौन उत्तेजनाको समयमा सेक्रेशन लिङ्गको टुप्पामा देखिन्छ । यसमा सामान्यतया शुक्रकिट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो सेक्रसन यौन सम्पर्कबाट गर्भ रहँदैन ।  यस्ता अवस्था धेरै कम मात्रामा रहन्छ । साथै यदि केहि समय पहिले हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर विर्य स्खलन गरेको अवस्थामा पनि उक्त सेक्रेसनमा विर्य मिसिएर आउन सक्ने भएकाले गर्भ रहने सम्भावना रहन्छ ।

त्यसैले यौनसम्पर्कको समयमा यौनी बाहिर विर्य निकालेको छु भनेर ढुक्क हुने अवस्था नरहने चिकित्सक बताउँछन् ।

Couple Sex sex

विशेष