अपराध सुरक्षा

सात किलो सुनसहित तीनजना समातिए

सात किलो सुनसहित तीनजना समातिए
चैत ३ । चीनबाट अवैधरुपमा नेपाल भित्र्याइएको सात किलो सुनसहित तीनजनालाई रसुवाबाट प्रहरीले पक्राउ गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षाजाँच गर्दा बा१७च २२७५ नम्बरको जिपको फिल्टरमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको हो । सवारीधनीसमेत रहेका चालक स्याङ्जाका प्रकाश गैरेसहित अन्य दुईजनालाई पक्राउ गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए । सुनको प्रमाणीकरण र गाडीमा रहेका अन्य दुईजनाको घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको छ । पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवाको रसुवागढी नाका हुँदै चीनबाट अवैधरुपमा भन्सार छली सुन तस्करी गर्ने प्रवृत्ति बढेको छ ।  

gold

विशेष