अपराध सुरक्षा

दिल्लीमा नेपाली महिलालाई सामूहिक बलात्कार गर्ने ५ पक्राउ

दिल्लीमा नेपाली महिलालाई सामूहिक बलात्कार गर्ने ५ पक्राउ

चैत्र ४ । दिल्लीमा बसोबास गर्ने नेपाली महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

कल सेन्टरमा काम गर्ने ५ जनाले शनिबार राति भाडाका फ्ल्याटमा लगेर सामूहिक बलात्कार गरेको र घटनामा संलग्नलाई आईतबार दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हिन्दुस्तान टाईम्सले लेखेको छ ।

घटनामा संलग्न भनिएका कुन्दन नाम गरेका युवकको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा सामूहिक बलात्कारमा संलग्न दुई जना युवकको पीडित युवतीसँग सम्पर्क रहेको खुलेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा नविन कुमार, प्रतीक कुमार, विकास मेहरा, सर्वजीत र लक्ष्य नाम गरेका युवकहरु छन् । उनीहरुलाई घटनास्थल भएकै ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले संकलन गरेको सीसीटिभी फुटेजमा पीडित महिला पहिलो तल्लाबाट हाम्फालेर सडक यात्रुहरुसँग सहयोग मागेको देखिएको छ ।

१७ सेकेन्टको उक्त फुटेजमा पीडित महिला निबस्त्र भागेको देखिएको छ । लगत्तै पीडित महिला अटो रिक्सा चढेर त्यहाँबाट गएकी थिइन् ।

पीडित महिला हाल उपचारको क्रममा दिल्लीस्थित लालबहादुर शास्त्री अस्पतालमा छिन् । हाम्फाल्ने क्रममा उनको खुट्टामा चोटसमेत लागेको छ ।

प्रहरी उजूरीमा ती महिलाले ५ जना महिलालाई आरोपी बनाएकी थिइन् । उनीहरुले फ्ल्याटमा लगेर थुनेको, जबरजस्ती रक्सी खान लगाएको र बलात्कार गरेको उजूरीमा भनिएको छ ।

वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाईम्सको रिपोर्टमा उल्लेख गरिएअनुसार ती महिला दक्षिण दिल्लीको मुनिर्ख क्षेत्रमा आफ्ना दुई बच्चाका साथ बस्दै आएकी थिइन् ।

उनले दिएको उजूरीमा उनले कुन्दन नामक युवकलाई केही महिनादेखि चिनेको बताएकी छन् । कुन्दनले आफ्नो साथीको पार्टीमा जान आग्रह गरेको र आफू गएको उजूरीमा भनिएको छ ।

सिटी कोर्टले पक्राउ परेकाहरुलाई थुनामा राख्न दिएको आदेश बमोजिम उनीहरुलाई जेल चलान गरिएको छ ।

Rape In Deli

विशेष