अपराध सुरक्षा सामाजिक सञ्जाल

आत्महत्या प्रयास पत्ता लगाउँदै फेसबुक

आत्महत्या प्रयास पत्ता लगाउँदै फेसबुक

चैत्र ४ । फेसबुकका कारण धेरैले आत्महया गरेको समाचार आउन थालेपछि अब फेसबुक आफैले आत्महयाको प्रयास गर्न लागेको छ ।

हाल अमेरिकामा प्रयोकर्र्तामा भैरहेको आर्टिफिसियल इन्टेलिजेन्सले कुनै पनि प्रयोगकर्ताले आत्महत्यासँग सम्बन्धित कुनै पोष्टहरु गरेको वा कमेन्ट गरेको कुरा पत्ता लगाएर उसका निकटतम मित्र वा नजिकको हेल्पलाइनमा जानकारी गराउने छ ।

फेसबुकले केही शब्द चयन गरेर मानिसमार्फत गर्दे आएको कार्य धेरै प्रभावकारी हुन नसकेपछि आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोगमा ल्याएको हो । यसले प्रयोगकर्ताले पोष्ट गरेका स्टाटस, म्यासेज, तस्बिर तथा कमेन्टलाई सुक्ष्म किसिमले विश्लेषण गर्ने बताएको छ ।

आत्महत्याको प्रयास कम गर्न फेसबुकले आफ्नो फेसबुक लाइभमार्फत पनि जनचेतना जगाउने खालका सन्देशहरु प्रवाह गर्ने बताइएको छ । फेसबुक लाइभमार्फत पनि धेरैले आत्महत्याको प्रयास थालेपछि फेसबुले यो टुल सार्वजनिक गरेको हो ।

यो टुलमा आत्महत्याको प्रयास गर्ने खोज्ने कुनै पनि प्रयोगकर्ताले कुनै भिडियो प्रसारण गरिरहेका छ भने हेर्ने दर्शकले उसको निकट साथी तथा हेल्पलाइनमा खबर गर्ने सुविधा छ । हाल अमेरिकका प्रयोगकर्ताका लागि मात्र उपलब्ध यो सुविधा विस्तारै अन्य देशमा पनि पुर्याउने फेसबुकले जनाएको छ ।

साप्ताहिक

Facebook

विशेष