अर्थ

सबै गाँउपालिकामा कार्यकारी अधिकृत खटाइयो (को कहाँ सूचीसहित)

सबै गाँउपालिकामा कार्यकारी अधिकृत खटाइयो (को कहाँ सूचीसहित)

चैत ४ । सरकारले स्थानीय तहअन्तर्गतका ४ सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको जनाएको हो ।

मन्त्रालयले कुनै ढिला नगरी खटिएको ठाउँमा रमाना लिई हाजिर हुन जान सबै अधिकृतलाई निर्देशन पनि दिएको छ । पुरानो स्थानीय निकायको संरचना भंग गर्दै संविधान र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा गठित ७४४ वटा स्थानीय तहमा कर्मचारी प्रबन्ध नगर्दा आसन्न स्थानीय तहको निर्वाचनमै असर पर्न सक्ने भन्दै चैत्र ३ भित्र कर्मचारी खटाइसक्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको थियो ।

जसअनुसार सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरेर कर्मचारी खटाएको हो

हेर्नुहोस गाँउपालिका अधिकृतको सूची

gaupalika

विशेष