३३ किलो सुन काण्डका एसएसपी र व्यापारी छुटे, भरिया जेलमै
चैत –५ । ३३ किलो सुन काण्डमा संलग्न रहेकामध्ये जिल्ला अदालत काठमाडौंले एसएसपी श्याम खत्रीलाई धरौटी माग गरेको छ । जिल्ला अदालत काठामाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सुन तस्करीमा संलग्न रहेको मनोज श्रेष्ठ, राजेश शाक्य, र सपन श्रेष्ठलाई १ – १ लाख धरौटी माग गरेको छ भने अन्य आरोपीलाई पुर्पक्षमा पठाउने निर्णय गरेको छ । विमानस्थलमा सेटिङ मिलाएर सुन अवैध रुपमा भित्र्याउन सहयोग गर्ने एसएसपी खत्रीलाई २ लाख मात्र धरौटी मागेको छ ।
अवैध सुन किन्ने व्यापारीलाई अदालतले १ लाख मात्रै धरौटी माग गरेको छ ।
सुन ल्याउने भरियालाई भने अदालतले पुर्पक्षमा राख्ने आदेश दिएको छ । धरौटी मागेकाहरु शुक्रबार नै उक्त धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।