अर्थ

एनसेल प्रकरणः प्रचण्डले ३३ अर्बमा गडबड गर्न लाग्दा ‘मौन व्रत’ लिएको एमालेले अन्ततः बोल्नै पर्‍यो

एनसेल प्रकरणः प्रचण्डले ३३ अर्बमा गडबड गर्न लाग्दा ‘मौन व्रत’ लिएको एमालेले अन्ततः बोल्नै पर्‍यो

चैत्र–५ । एनसेलको पुँजीगत लाभ कर प्रकरणमा मौन रहेको नेकपा एमालेले अन्ततः मुख खोल्दै सरकारले गम्भीर प्रकृतिको नीतिगत भ्रष्टाचार गर्न लागेको आरोप लगाएको छ ।

मेची–महाकाली अभियान सम्पन्न गरे पश्चात एमालेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनसेल प्रकरणलाई सरकारले मन्त्रिपरिषद्मा लगेर करको विषयमा निर्णय लिन खोजेको आरोप लगाएको हो ।

एमालेले एनसेललाई मन्त्रिपरिषदबाट निर्णय गरेर लाभकरमा उन्मुक्ति दिन खोजेको भन्दै आपत्ति जनाएको छ । प्रचलित ऐनलाई छल्ने बदनियतले पूँजीगत लाभकर असुलीसम्बन्धी विषय मन्त्रिपरिषदमा र्पुयाएको उल्लेख गर्दै उक्त कदम नीतिगत भ्रष्टाचार रहेको एमालेको ठहर छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा गत बैशाखमा स्विडेनको बहुराष्ट्रिय कम्पनी टेलियासोनेराबाट मलेसियाको एक्जिएटाले एनसेल खरिद गरेको थियो । ओली निकट मानिने व्यवसायी शतिसलाल आचार्यले स्थानीय साझेदारको रुपमा एनसेलको २० प्रतिशत शेयर खरिद गरेका थिए ।

त्यसबेला ओली र अर्थमन्त्री विष्णु पौडेलले पनि लाभकर उठाउने प्रकृयामा कुनै चासो दिएका थिएनन् । एनसेलले लाभकर बापत ३३ अर्ब रुपैयाँ तिर्नुपर्ने छ ।

विशेष