अपराध सुरक्षा

दुई समूहबीच छुरा हानाहान, एकको मृत्यु

दुई समूहबीच छुरा हानाहान, एकको मृत्यु
चैत - ५ । सुनसरीको धरान उपमहानगरपालिकामा शनिबार दुई समूहबीच छुरा हानाहान हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा धरान–१५ का २५ वर्षीय साइँला भन्ने भक्त राई रहेका छन् । सोही घटनामा शुक्र राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकाक्रममा मृत्यु भएको हो भने घाइते शुक्र राईको प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

मृत्यु

विशेष