मेलम्चीको पानी असोजमा पनि नआउने

चैत्र ६ । आगामी असोजमा पनि राजधानीवासीका धारामा मेलम्चीको पानी आउने सम्भावना लगभग टरेका छ ।
मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार सुरुङ खन्ने काम नभएकोले असोजमै पानी आउने सम्भावना टरेको हो । आयोजनका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी सीएससीले खन्ने उपकरण ‘बे्रकडाउन’, सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्टपुर्जा तथा स्पेयर्स पार्ट नभएको बहाना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा मेलम्चीको पानी ल्याउने योजना पुरा नहुने देखिएको हो ।
यसअघि आयोजनाले असोजभित्र मेलम्चीको पानी राजधानी ल्याउने जनाएको थियो । आयोजनाको उपकार्यकारी निर्देशक रमाकान्त दवाडी ‘अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे असोजभित्रै मेलम्चीको पानी आउने सम्भावना न्यून भएको’ बताउँछन् ।
Melamchi