अर्थ

काभ्रेका कृषकलाई आठ लाखसम्म अनुदान

काभ्रेका कृषकलाई आठ लाखसम्म अनुदान
चैत्र–६ । काभ्रेपलाञ्चोकमा कृषक तथा सहकारी संस्थाले पशु उत्पादनलगायत विभिन्न शीर्षकमा रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताए । उनले जिल्लामा कुल रु एक करोड ४५ लाख कृषक र सहकारीलाई अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । युवा लक्ष्यित पशु उत्पादन शीर्षकमा छजना कृषकलाई रु एक लाख ७० हजारका दरले अनुदान उपलब्ध गराइसकिएको छ । त्यस्तै, गाई तथा भैँसीपालनमा २० जनालाई रु एक–एक लाख र बाख्रापालनमा रु दुई–दुई लाख उपलब्ध गराइएको छ । त्यसैगरी, बङ्गुरपालनमा एकजनाले रु चार लाख र पाँचजनाले रु दुई–दुई लाख अनुदान पाएका छन् । यस्तै, कुखुरापालनतर्फ सहकारी संस्थालाई रु पाँच लाख, पशु आहार मिसनतर्फ रु पाँच सयदेखि २० हजार र बङ्गुरपालनमा रु आठ लाख एक सहकारी संस्थालाई उपलब्ध गराइएको छ । “यसबाट उत्पादन बढाउने र कृषकलाई आत्मनिर्भर गराउने उद्देश्य हो,” जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक सापकोटाले भने । उनले अनुदानको रकम वितरणको काम जारी रहेको उल्लेख गर्दै अनुदान रकम उत्पादन बढाउने काममै लगाउन कृषकसँग आग्रह गरे ।

अनुदान काभ्रे कृषक

विशेष