अपराध सुरक्षा

आठ किलो चरेससहित दुई जना पक्राउ

आठ किलो चरेससहित दुई जना पक्राउ
चैत्र–६ । नेपालको पश्चिमी नाका (नेपाल–भारत) कञ्चनपुरबाट आठ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवबाट आइतबार लागु औषध अनुसन्धान ब्यूरो कञ्चनपुरको टोलीले तस्करी गरिरहेको अवस्थामा एक नेपाली महिला र भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा भारत लगिरहेको अवस्थामा नेपालका पशुपति शाह र भारतका बब्लु शाहको साथबाट उक्त लागु औषध पक्राउ गरिएको लागु औषध अनुसन्धान ब्यूरो कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर चरेस नाका पक्राउ

विशेष