अर्थ

डेढ वर्षमा एउटा चुलो बिक्री !

डेढ वर्षमा एउटा चुलो बिक्री !
चैत ७ । चिनियाँ सरकारले उपलब्ध गराएको इन्डक्सन चुलो डेढ वर्षमा एउटामात्रै बिक्री भएको छ । भारतीय नाकाबन्दीका बेला अनुदानमा आयातित चुलोको उचित व्यवस्थापन नहुँदा बिक्री हुन नसकेको हो । नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । उक्त चुलो नेसनल ट्रेडिङ लिमिटेडमार्फत बिक्री गर्ने सरकारको योजना भए पनि डेढ वर्ष बित्नलाग्दा एउटामात्रै बिक्री हुन सकेको छ । ट्रेडिङका महाप्रवन्धक लवराज जोशीले महँगो भएकाले विक्री नभएको बताए । कान्तिपुर दैनिक

Indoction cookout

विशेष