अपराध सुरक्षा

किशोरीको शंकास्पद मृत्यु, दाहासंस्कार हुँदाहुँदैको शव प्रहरी नियन्त्रणमा, बाबु फरार

किशोरीको शंकास्पद मृत्यु, दाहासंस्कार हुँदाहुँदैको शव प्रहरी नियन्त्रणमा, बाबु फरार
चैत ८ । नवलपरासीको हरपुर–८ मुडेरामा एक किशोरीको शंकास्पद मृत्यु भएको छ । हरपुर–८ मुडेराकी १४ वर्षीया उर्मिला यादव सोमबार बिहान मृत अवस्थामा फेलापरेकी हुन् । मृतक उर्मिलाको दाहासंस्कार हुँदाहुँदै प्रहरीले शव तथा आमा कमलावति यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृतकका बाबु शिवनाथ यादव भने घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । घटना अहिलेसम्म रहस्यमय रहेको र यसबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।

Death

विशेष