विमानबाट ५ हजार टन इन्धन चुहिएको विषयमा छानबिन गर्न समिति गठन

चैत * । विमानबाट इन्धन चुहिएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सको पार्किङ गरिराखिएको एअरबस ए३२० विमानबाट यही चैत १ गते साँझ करिव ५००० टन एटीएफ फ्युल विमानस्थलमा चुहिएको थियो ।
यस विषयमा विस्तृत छानबिन गरी १५ दिनभित्र राय–सुझावसहितको प्रतिवेदन पेस गर्न सोमबार छानबिन समिति गठन गरिएको पर्यटन मन्त्रालयले जनाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले भविष्यमा यस्ता घटना हुन नदिन एवं यससम्बन्धी जिम्मेवार पदाधिकारीहरुलाई के–कस्तो कारबाही गरिनुपर्छलगायतका विषयमा सिफारिस गर्ने जनाइएको छ ।
Nepal Airlince