यौन-शिक्षा

जान्नुहोस् हस्तमैथुनका ५ फाइदा

जान्नुहोस् हस्तमैथुनका ५ फाइदा

हस्तमैथुन पनि स्वस्थ सेक्सको एक हिस्सा हो । तर हामी मध्ये कतिपयले यसलाई राम्ररी नबुझेर यसको गलत व्याख्या गरिरहेका हुन्छन् । हस्तमैथुन हात वा अन्य कुनै चीजको माध्यमबाट यौन आनन्द प्राप्त गर्ने सजिलो तरिका हो ।

कतिपय समाजमा यसलाई अनैतिक र हानिकारक मानिन्छ तर यो सरासर गलत हो । यसबारे विशेषज्ञहरुको मत फरक छ । उनीहरु हस्तमैथुनले सुखको अनुभूति हुने र यसले महिला–पुरुष दुबैको स्वास्थ्यमा फाइदा पुग्ने बताउँछन् ।

विशेषज्ञका अनुसार हस्तमैथुनका ५ फाइदाहरु–

१. हस्तमैथुनले महिलाको हकमा विशेषगरी महिनावारीसँग जोडिएका समस्याहरुलाई टाढा राख्न मद्दत गर्दछ । महिनावारीको बेला हुने पीडालाई हस्तमैथुनबाट निस्किने रसायन पदार्थको कारण राहत मिल्छ ।

फिनबर्ग स्कुल अफ मेडिसिनमा कार्यरत स्त्री र प्रसूति रोगकी प्रोफेसर लारा स्ट्रीचर भन्छिन, ‘हस्तमैथुनको कारण योनिमा गिलोपना बढ्छ र जसको कारण सुख्खापन हुँदैन र पीडाबाट पार पाउन सकिन्छ ।’

२. सेक्सुअल एण्ड रिलेशनसिप थेरापी पत्रिकाको अनुसार, हस्तमैथुनबाट रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ र यसले संक्रमणबाट पनि बचाउँछ ।

अनुसन्धानबाट के पत्ता लागेको छ भने, जसमा मैथुनको सुख ज्यादा हुन्छ उनीहरुमा इम्युनोग्लोबिनको मात्रा अधिक हुन्छ र जसले रोगविरुद्ध लड्ने क्षमतामा वृद्धि गर्छ ।

३. फ्रेन्च इन्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चको मुताबिक हस्तमैथुन पछि राम्रो निद्रा लाग्छ र यसले अनिद्रालाई दूर गरिदिन्छ । किनकि हस्तमैथुन पछि मानिसमा यौन इच्छा समाप्त हुने गर्दछ ।

४. यसले शरीरिक र मानसिक रुपमा नै आनन्दको महशुस पैदा गराउँछ । जसले गर्दा मानिसलाई तनाबबाट पनि टाढै राख्दछ ।

५. यौन सम्बन्ध राम्रो बनाउन हस्तमैथुनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

Oral Sex

विशेष