अर्थ

म्यानपावर व्यवसायीको दादागीरी, आर्थिक विवरण नबुझाउने

म्यानपावर व्यवसायीको दादागीरी, आर्थिक विवरण नबुझाउने

चैत्र ८ र वैदेशिक रोजगारीलाई पारदर्शी बनाउने भन्दै सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीसंग मागेको आर्थिक विवरण व्यवसायीहरुले नबुझाउने निर्णय गरेको बताएका छन् ।

डेढ वर्ष अगाडि लागु गरिएको निशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयन भए नभएको मूल्यांकन गर्न भन्दै वैदेशिक रोजगार विभागले एकहप्ता भित्र बुझाउने गरी सबै कम्पनीसंग गत हप्ता नै विवरण मागेको थियो ।

सबै वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई आर्थिक कारोबार खुल्ने कागजात सहितको विवरण मागिएको एक हप्ते समय सीमा मंगलबार सकिंदैछ ।

विभागले व्यवसायीहरुसंग प्रवद्धर्न खर्च देखि कामदार पठाएको कम्पनी, हवाई टिकट नम्बर, र सेवा शुल्क सहितको विवरण मागेको थियो । तर रोजगार विभागमा पहिले नै हिसाब किताब बुझाइसकेकाले पुनः नबुझाउने निश्कर्षमा पुगेको व्यवसायीहरुले बताएका छन् ।

तर निकै चर्चा पाएको उक्त निर्णय अनुरूप काम नभएको र कामदारहरू महंगो मूल्य तिर्न वाध्य भएको गुनासो बढेकाले छानविन थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ । या त विभागमा भएका दस्तावेज हराएको हुनुपर्यो, नत्र भने बुझाइसकेको विवरण फेरि माग्नु भनेको गैरजिम्मेवार विषयवस्तु हो भन्ने हाम्रो ठहर छ ।

वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङले बताए । एक हप्ताभित्र आर्थिक विवरण नआए विभागले व्यवसायीलाई थप तीन दिन समय दिने र त्यतिखेर पनि आदेश पालना नभए कारवाही हुने रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए ।

नेपालमा ७ सय ५४ वैदेशिक रोजगार व्यवसायी कम्पनी छन् र दैनिक सरदर १५ सय नेपालीहरु कामदारको रुपमा विभिन्न मुलुकमा जाने गरेको तथ्याङ्क छ ।

Baidesik Roggari

विशेष