अपराध सुरक्षा

चार महिनाअघि हराएका बालकको इँट्टा उद्योगबाट उद्धार

चार महिनाअघि हराएका बालकको इँट्टा उद्योगबाट उद्धार
चैत्र - ८ । चार महिनाअघि घरबाट हराएका यहाँका एक बालकलाई इँट्टा उद्योगबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ। गत मङ्सिर महिनादेखि घरबाट हराएका जिल्लाको आठविसकोट–१ का १३ वर्षीय टेकबहादुर विकलाई उद्धार गरी आज यहाँ आफ्न्तको जिम्मा लगाएको हो। बालकलाई भक्तपुरको जयहनुमान नेखेलमहादेव इँट्टा उद्योगबाट बालविकास समाज भक्तपुरको सहयोगमा उद्धार गरिएको थियो। आफ्नै गाउँका चन्द्रबहादुर विकले राम्रो काम लगाइदिन्छु भन्दै घरबाट बालकलाई भगाएर लगी इँट्टाभट्टामा काम गर्न लगाएको बालकका बुबा काले कामीले बताए। बालकलाई आज महिला तथा बालबालिका कार्यालयले बुबाको जिम्मा लगाएको हो। विकसहित त्यस इँट्टा उद्योगबाट अन्य राप्ती अञ्चलका सातजना बालकलाई पनि उद्धार गरेर आफ्न्तको जिम्मा लगाएको बालविकास समाजका कर्मचारी भरत थापाले जानकारी दिए।

उद्धार

विशेष