अपराध सुरक्षा

एटीएम कार्डबाट कराेडाैंकाे चाेरी

एटीएम कार्डबाट कराेडाैंकाे चाेरी

चैत्र ९ । बैंक खाताका डिजिटल कोडहरू अनाधिकृत रूपमा हात पारेर ३ करोड ३० लाख रुपैयाँभन्दा धेरै रकम निकाल्ने गिरोहका सदस्यहररू पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले मुख्य योजनाकारसहित आठ जनालाई मंगलबार सार्वजनिक गरेको हो। काठमाडौंका विभिन्न स्थानबाट महाशाखाको टोलीले तिनलाई सोमबार नियन्त्रणमा लिएको थियो। पेपाल, विटकोट, पर्फेक्ट मनीजस्ता विभिन्न डिजिटल आर्थिक कारोबार गर्ने कम्पनीमार्फत रकम भुक्तानी गरेर उनीहरूले ह्याकरहरूबाट विभिन्न व्यक्तिका बैंक खाताका पासकोड खरीद गर्थे ।

डिजिटल दुनियाँमा ह्याकरका केही समूहले व्यक्ति तथा संस्थाको बैंक पासकोड अनधिकृत रूपमा हात पारेर बेच्ने काम गर्छन्। यो समूहले पनि यही तरिकाबाट पासकोट फेला पारेको देखिन्छ ।  अनधिकृत रूपमा हात पारेका बैंक खाताका पासकोडलाई म्यागनेटिक स्टिप कार्ड रिडर९एमएसआर० नामक मेसिनमार्फत खाली एटीएम कार्डमा भर्थे । काठमाडौं उपत्यका र भारतका ठूला उद्योगी व्यापारी तथा विभिन्न कम्पनीले व्यावसायिक कारोबार सञ्चालनका निम्ति उपयोग गर्ने ‘प्वइन्ट अफ सेल’मार्फत उनीहरूले यस्तो एटीएमको प्रयोग गर्थे । ‘प्वइन्ट अफ सेल’ भनेको एटीएम कार्ड स्वाइप गर्ने मेसिन हो, जसलाई ठूलो कारोबारी, होटल, डिपार्टमेन्टल स्टोरलगायतले आर्थिक कारोबारका निम्ति उपयोग गर्छन् ।

 महाशाखाका अनुसार गिरोहका सदस्यहरुले बैंकको पासकोर्डहरु गैरकानूनी रुपमा सञ्चालित भर्चुअल चोरी बजार बिट क्वाईन सेलबाट किनेका थिए । ती समूहले दुई वर्षको अवधिमा तीन करोडभन्दा बढी चोरी गरेको प्रहरीले जनाएको छ । यही समूहले दुई वर्षअगाडि कास्कीको पोखरास्थित टीका रिसोर्टबाट २ करोड, नयाँदिल्लीको चारवटा कपडा पसलबाट भारतीय रुपैयाँ ३ लाख, एक वर्षअघि क्षेत्रपाटीस्थित डिसोभिनियरबाट ३० लाख, ९ महिना अगाडि चाबहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, ३ महिनाअघि भक्तपुरको पौराणिक थान्का तथा माला पसलबाट ४५ लाख र १५ दिनअघि महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ अनाधिकृत रुपमा निकालेको देखिन्छ। अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नेपालका ६ जना र भारतका दुईजना छन् ।

चोरीका मुख्य योजनाकार दोलखा भिमेश्वरका ३४ वर्षीय सुरेश केसी, ललितपुर कुसुन्तीका ३१ वर्षीय केवलप्रताप जबरा, काठमाडौं क्षेत्रपाटीका ३० वर्षीय अनुज नकर्मी, २७ वर्षका अभिषेक नकर्मी, २३ वर्षका रोमन महर्जन छन् । त्यस्तै, पौराणिक थान्का तथा माला सप्लायर्स, भक्तपुरका सञ्चालक काभ्रे मेच्छेका ३२ वर्षीय विजय लामा दोङ पनि पक्राउ परेका छन् । कुसुन्तीका जबरा दुई वर्षअघि बैंकिङ कसुरमा प्रहरी परिसर ललितपुरबाट कारबाही भोगिसकेका व्यक्ति हुन् ।

पक्राउ पर्ने भारतीय नागरिकहरु २९ वर्षीय नदिम खान र ३१ वर्षीय आईटी ईन्जिनियर अभिषेक पाण्डे छन् । खान भारत नयाँदिल्ली आश्रमका र पाण्डे लखनउ जिल्ला माडियाउँ थाना जानकीपुरम टोलका बासिन्दा हुन् । डिसोभिनियर क्षेत्रपाटीका सञ्चालक खान काठमाडौं क्षेत्रपाटीमा र आइटी इञ्जीनियर खान बानेश्वर बस्दै आएका थिए ।

कान्तिपुर

ATM chori Giroha

विशेष