अर्थ

कोरिया भाषा परीक्षाको फाराम खुल्यो, अनलाइनबाट मात्रै फाराम भर्न पाइने

कोरिया भाषा परीक्षाको फाराम खुल्यो, अनलाइनबाट मात्रै फाराम भर्न पाइने

चैत्र ९ । रोजगार अनुमती प्रणाली अन्र्तगत कोरिया जोन इच्छुक कामदारबाट भाषा परीक्षाको फाराम बुझ्ने काम आज बाट सुरु हुने भएको छ ।

भाषा परीक्षामा सहभागी हुन चैत्र ९ देखि १८ गते राति १२ बजे सम्म संकलन गर्ने व्यवस्था मिलाइएको छ ।  शाखा प्रमुख बाबुराम खतिवडाका अनुसार यो वर्ष भाषा परीक्षामा सहभागी हुनेले अनलाईबाट मात्र दरखास्त दिन सक्ने छन् ।

विगतमा लाम बसेर दरखास्त फाराम बुझाउँदा सेवाग्राहीलाई समस्या परेपछि यो वर्ष देखि अनलाइन्बाट मात्र फाराम संकलन गर्ने व्यवस्था मिलाइएको हो । २४ अमेरिकी डलर अर्थात २५ सय नेपाली रुपैया तिरेपछि जो सुकैले पनि फाराम भर्न सक्ने खतिवडाले बताए ।

चैत्र १८ सम्म फाराम भरेका आवेदकको जेठ २७ गते र २८ गते काठमाडौंमा परीक्षा दिन पाउने छन् ।

EPS

विशेष