अर्थ

भैरहवा विमानस्थको निर्माण कार्य अलपत्र

भैरहवा विमानस्थको निर्माण कार्य अलपत्र

चैत्र ९ । शुरु भएको करिब दुई वर्ष पछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अलपत्र पर्ने भएको छ ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीको काम सन्तोषजनक रुपमा अगाडि बढ्ने संकेत नदेखिएको भन्दै नेपालले सो ठेक्का सम्झौता रद्द समेत गर्न सक्ने अवस्था आएको आयोजना प्रमुख ओम शर्मा बताएका छन् ।

निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले अहिले आएर काम सम्पन्न गर्ने कुनै भरपर्दो र विश्वासयोग्य आधार पेश गर्न नसकेका कारण समस्या उत्त ठेकेदारको ठेक्का रद्द गर्न लागिएको उनले बताए ।

सम्झौता अनुसार अबको करिब १८ महिना भित्र सबै निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो । तर सो कम्पनीको काम गराइ हेर्दा कुनै पनि हालतमा काम गर्न नसक्ने शर्माले बताए ।

अर्को तर्फ मुख्य ठेकेदार चिनियाँ कम्पनी र उसबाट ठेक्का पाएको नेपाली कम्पनीबिच भुक्तानीको कुरा नमिल्दा करिब एक साता अगाडि देखि निर्माणको काम पनि रोकिएको छ ।

Bhirahwa Airport

विशेष