अपराध सुरक्षा

श्रीमानकाे हत्या गरेर सुटकेसमा प्याक गरी महिला ब्यूटिपार्लर पुगिन्

श्रीमानकाे हत्या गरेर सुटकेसमा प्याक गरी महिला ब्यूटिपार्लर पुगिन्

चैत्र ९ । भारतको पञ्जाबमा एक महिलाले आफ्नो श्रीमानलाई गोली हानेर हत्या गरेको आरेपमा पक्राउ परेकी छिन् ।

३५ वर्षिय महिलाले आफ्ना ४० वर्षका श्रीमानकाे हत्यापछि सुटकेशमा प्याक गरेर लाशलाई ठेगाना लागउने क्रममा सहयाेगका लागि बाेलाइएकाे अटो ड्राइभर प्रहरीलार्इ खबर गरेपछि उनी पक्राउ परेकी हुन् ।

ड्राइभरले सुटकेसलार्इ लक्जरी कार बिएम डब्लुमा राख्ने क्रममा हातमा रगत लागेपछि प्रहरीलार्इ खबर गरेका थिए । उक्त ड्राइभरले प्रहरीलाई खबर गरे लगतै महिला त्यहाँबाट भागेर व्यूटीपार्लरमा पुगेकी थिइन् । प्रहरीले उनलाई व्यूटी पार्लरबाट पक्राउ गरेको थियो ।

१५ दिन अगाडि मात्र मोहालीमा सिप्ट भएका उक्त महिलाका एक १० वर्षका र ६ वर्षका बालक छन् । उक्त हत्यामा संलग्न भएको अभियोगमा ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

Indian Woman

विशेष