अपराध सुरक्षा

यातायात विभागका अधिकृतविरुद्ध मुद्दा दायर

यातायात विभागका अधिकृतविरुद्ध मुद्दा दायर
चैत्र–९ । यातायात व्यवस्था विभाग मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई अख्तियारले २५ हजार बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । मोटर ड्राइभिङ इन्स्टिच्युड दर्ता गर्ने प्रायोजनमा सेवाग्राहीसँग २५ हजार घुस लिँदैगर्दा अधिकृत रिजाललाई अख्तियार केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा दायर यातायात विभाग विशेष अदालत शाखा अधिकृत

विशेष