अर्थ समाज

निजामती कर्मचारीलाई निर्वाचन अधिकृतकारुपमा नखटाउन अन्तरिम आदेश

निजामती कर्मचारीलाई निर्वाचन अधिकृतकारुपमा नखटाउन अन्तरिम आदेश

चैत १० । उच्च अदालत ललितपुरले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन अधिकृतका लागि निजामतीका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारी खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायाधीश बलभद्र बास्तोलाको एकल इजलासले निजामती सेवाका अधिकृतस्तरका कर्मचारी खटाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आयोगलाई बुधबार अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिए ।

उनकाअनुसार आयोगले कानुनी व्यवस्थाअनुसार न्यायसेवा कर्मचारीलाई निब्र्वाचन अधिकृतमा नखटाएर निजामती सेवाका अधिकृत खटाउने निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयन हुनबाट रोक्न अन्तरिम आदेश दिइएको हो ।

बिहीबार निर्वाचन आयोगलाई छलफलका लागि अदालत बोलाइएको छ । मंगलबार वीरेन्द्र बस्नेतले उत्प्रेरणा परमादेशमार्फत् आयोगको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

विशेष