यौन-शिक्षा

विद्यार्थीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा शिक्षिकालाई २० वर्ष जेल !

विद्यार्थीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा शिक्षिकालाई २० वर्ष जेल !
चैत्र १० । अमेरिकाकाे टेक्सास हाई स्कुलकी विवाहित एक महिला शिक्षिकाले आफ्नो विद्यार्थीसँग अनैतिक सम्बन्ध राखेका कारण जागिरबाट निलम्बित भएकी छिन् । हाई स्कुलका प्रशासकले शिक्षिका र विद्यार्थीबीच अनैतिक सम्बन्धको सम्भावना भएको स्थानीय प्रहरीलाई जानकारी दिएका थिए । उक्त स्कुल अमेरिकाको शहर अस्टिनबाट ५६ किलोमिटर टाढा दक्षिणपूर्वीमा पर्छ । २७ वर्षीया जीव विज्ञानकी शिक्षिका सराह फोल्केसले १७ वर्षीय विद्यार्थीलाई गरेको व्यक्तिगत कल र पठाएको म्यासेज गुप्तचरहरुले पत्ता लगाएको हस्टन चर्चिल मिडियाले बताएको छ । प्रहरीले भन्यो, ‘तिनीहरुको सम्बन्ध यौन प्रकृतिको थियो ।’ यो द्वितीय दर्जाको गुण्डागर्दी भएको भन्दै २० वर्षसम्म जेलको बास हुन सक्ने जनाइएको छ । सन् २०१४ देखि उनी सो स्कुलमा कार्यरत थिइन् ।

texas

विशेष