अर्थ

भारतबाट तीन अर्ब ९१ करोडको कृषिजन्य वस्तु आयात

भारतबाट तीन अर्ब ९१ करोडको कृषिजन्य वस्तु आयात
चैत्र–१० । भारतबाट कञ्चनपुरमा तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७२–७३ देखि चालु आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य वस्तु भारतबाट आयात गरिएको हो । आयात गरिएका वस्तुमा खाद्यान्न सबैभन्दा बढी २५ हजार सात सय ७२ मेट्रिक टन रहेको छ । तोरी चार हजार ६ सय १ मेट्रिक टन, दलहन एक सय ८० दशमलव ८५, तरकारी पाँच हजार ६ सय ३५ दशमलव ८४, अदुवा तीन दशमलव ३१, बर्सिम घाँसको बीउ १२ दशमलव ३१ तथा आलु १९ हजार २८६ दशमलव ६ मेट्रिक टन आयात गरिएको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए । यसैगरी पशु दाना ३३ हजार नौं सय ३५ दशमलव सात मेट्रिक टन, बोटबिरुवा ४३ हजार दुई सय ५९ र फलफुल ११ हजार एक सय २७ दशमलव ६ मेट्रिक टन आयत गरिएको छ । सोही अवधिमा रिठा २५ दशमलब एक मेट्रिक टन, अमला पाँच, काउलो बोक्रा १२ दशमलव तीन, दालचिनी सात दशमलव तीन, तेजपात ६९ दशमलव एक, कचुर जरा शून्य दशमलव ९, टिमुर शून्य दशमलव सात मेट्रिक टन र पिना ५७ दशमलव पाँच मेट्रिक टन भारत निर्यात गरिएको छ । भारततर्फ निर्यात भएका वस्तुको मूल्य ७० लाख ४२ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ । रासस

आयात कञ्चनपुर कृषिजन्य वस्तु भारत

विशेष