ओटोमोबाइल

शौचालयसहितको बस सेवा शुरू

शौचालयसहितको बस सेवा शुरू
चैत्र–१० । उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ । करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठ्माडाैँ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए । आज एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात राट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा रु दुई हजार तोकिएको छ । डडेल्धुराबाट काठमाडाैँ तथा कामठमाडौँबाट डडेल्धुराका लागि दैनिक एक–एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको छ । रासस

उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा— काठमाडौँ बस शौचालयसहित

विशेष