भारतले नेपालीको ४५ सय भारतीय नोट मात्रै साट्ने निर्णयले बैठक निष्कर्षविहीन
चैत्र–१३ । नेपालीसँग रहेको ४५ सय नोट मात्रै भारतले साट्न सकिने बताएको छ । एक हजार र ५ सय दरका ४५ सय नोट मात्रै साट्न सकिने भनाइमा नेपाल राष्ट्र बैंकका अधिकारीहरुले असहमति जनाएका छन् ।
आइतबार बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा नेपाल र भारतका केन्द्रीय बैंकका अधिकारीहरुबीच बीच द्विपक्षीय बैठक बसेको थियो । बैठकमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को टोलिले ४५ सयसम्म मात्रै साट्ने निर्णय गरेको हो
आरबीआईको टोलिले सुनाएको निर्णयमा राष्ट्र बैंक प्रतिनिधिहरुले चित्त नबुझाएपछि बैठक निष्कर्षविहीन बनेको छ । राष्ट्र बैंकले आरबीआईका प्रतिनिधीलाई भारतका उच्च अधिकारीहरुसँग कुराकानी गरेर साट्ने रकम बढाउन आग्रह गरेको छ ।
कालोधन निर्मूल गर्ने भन्दै नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले आकस्मिक रुपमा गत कात्तिक २३ गते राति १२ बजे ५ सय र १ हजार दरका भारु नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले भने मंसिर २४ गते यसको सटहीमा रोक लगाएको थियो ।
आइतबारको बैठक निष्कर्षमा पुग्न नसकेपछि भोलि ९ बजे पुनः बैठक बस्ने छ ।
नेपाल
नेपाल राष्ट्र बैंक
भारत
भारतीय नोट