अर्थ

नेपालमा रहेको प्रतिबन्धित भारु साटिने निश्चित

नेपालमा रहेको प्रतिबन्धित भारु साटिने निश्चित
चैत १४ । नेपालमा रहेका प्रतिबन्धित भारतीय ५ सय र १ हजारका नोट सटहीबारे नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डिया आरबिआईका अधिकारीबीच छलफल जारी छ । आरबिआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको भारतीय टोलीले राष्ट्र बैंकका अधिकारीसँग छलफल गरिरहेको छ । आइतबारदेखि भारतीय टोलीसँग राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी सहितका अधिकारीबीच छलफल भइरहेको हो । यो छलफलपछि भारु साटिने करिब निश्चित हुने राष्ट्र बैंक अधिकारीले बताएका छन् । छलफलमा राष्ट्र बैंक टोली र भारतीय टोलीले नोट सटहीबारे आ–आफ्नो धारणा राखेका छन् । भारतीय टोलीले सुरुमा ४५ सयसम्म भारतीय नोट साट्ने प्रस्ताव गरेका छन् । राष्ट्र बैंक अधिकारीहरुले भने जनही २५ हजार भारुसम्म साट्नुपर्ने अडान राखेका छन् । डेपुटी गभर्नर सिवाकोटीले उनीहरुबाट विभिन्न प्रस्ताव आएको भन्दै निष्कर्षमा पुगि नसकेको बताए । छलफलका क्रममा केही विषय माथिल्लो निकायलाई सोध्नुपर्ने अवस्था दुबै टोलीलाई आएको उनले बताए । यसअघि आरबिआईबाट आएको टोलीले नोट सटहीबारे गरेको अध्ययनले नेपालमा रहेको भारु साट्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन भारतीय वित्त मन्त्रालयलाई बुझाइसकेको छ ।

Indian Currency

विशेष