अपराध सुरक्षा

काठमाडौंका पाँचतारे होटलमा प्रहरीको छापा १३ युवती पक्राउ

काठमाडौंका पाँचतारे होटलमा प्रहरीको छापा १३ युवती पक्राउ
चैत्र १४ । प्रहरीले आइतबार काठमाडौँका ६ वटा क्यासिनोमा छापा मारेको छ ।  प्रहरीले सोल्टी होटल, याक एण्ड यति, सांग्रिला, र्याडिसन र ह्यात होटलमा रहेको क्यासिनोमा छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी छविलाल जोशीले बताए । ‘क्यासिनोमा नेपाली उपस्थिति रहेको सूचना आधारमा प्रहरीले छापा मारेको हो’, जोशीले भने ‘अनुगमन नभएको लामो समय भएकाले छापा मारेका हौँ । महानगरीय अपराध महाशाखा र परिसरको संयुक्त टोलीले ६ वटा समूह बनाएर राति साढे ९ बजेदेखि ११ बजेसम्म क्यासिनोमा छापा मारेको हो । छापाका क्रममा प्रहरीले सोल्टी होटेलको क्यासिनोबाट क्यासिनोसम्वन्धी तालिम लिइरहेका १३ जना युवतीलाई प्रक्राउ गरेको छ ।

Casino

विशेष