अर्थ

प्राकृतिक ग्यासको पाइप लाइन निर्माण गर्न भारत सहमत

प्राकृतिक ग्यासको पाइप लाइन निर्माण गर्न भारत सहमत
चैत १५ । छिमेकी भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन आइओसीबीच सोमबार नयाँ दिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोवार सम्झौता भएको हो । भारतले यसअघि नेपाललाई पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ । नयाँ सहमतिसँगै खाना पकाउन एलपिजीको विकल्प प्राकृतिक ग्यास प्रयोग गर्न सकिनेछ, जुन तुलनात्मक रुपमा सस्तो पर्नेछ । नागरिक

Gas Pipe Line

विशेष