अपराध सुरक्षा

प्रहरी र तस्करबीच गोली हानाहान ४ तस्कर पक्राउ

प्रहरी र तस्करबीच गोली हानाहान ४ तस्कर पक्राउ

चैत्र १५ । मकवानपुरको मनहरी गाउँपालिकाको नयाँ बस्तिमा गाँजा तस्कर र प्रहरीबिच गोली हानहान भएको छ ।

भारत निकासी गर्न लागिएको गाँजासहित तस्करहरुलाई पक्राउ गर्ने क्रममा गाँजा तस्करले गोली चलाएपछि जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी बामदेव गौतमले बताए।

तस्करले पहिले गोली चलाएपछी प्रहरीले भने १९ राउन्ड गोली चलाएको गौतमले बताए । प्रहरीले ४ जनालाई नियन्त्रममा लिएको समेत गौतमले बताए ।

त्यस्तै उनीहरुको साथबाट ५ सय ४६ केजी गाँजा र ४५ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम भने खुलाइएको छैन । गाँजा तस्करीमा संलग्न अरु भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Goli Hanahan

विशेष