अर्थ कर्पोरेट

विश्व बैंकले विद्यालय विकास योजनाका लागि १८५ मिलियन डलर ऋण दिने

विश्व बैंकले विद्यालय विकास योजनाका लागि १८५ मिलियन डलर ऋण दिने
चैत्र - १५ । विश्व बैंकले विद्यालय विकास योजनाका लागि नेपाललाई १८५ मिलियन अमेरिकी डलर ऋण दिने भएको छ । माध्यामिक विद्यालयको क्षमता वृद्धि, शैशिक गुणस्तर वृद्धिलगायतका क्षेत्रमा खर्च हुने गरी विश्व बैंकले ऋण सहयोग गर्न लागेको हो । उक्त रकम सरकारले सात वर्षे विद्यालय सुधार कार्यक्रममा खर्च गर्नु पर्ने छ । प्रत्येक वर्ष ३० हजार सामुदायक विद्यालयमा अध्ययपन गराउने एक लाख ८० हजार शिक्षक र अध्ययनरत सात लाख विद्यार्थी लाभान्दित हुने विश्व बैंकको अनुमान छ । पछिल्लो केही वर्षमा नेपालले शिक्षाको क्षेत्रमा सुधार गरेको विश्व बैंकको ठहर छ । सन् १९९८ मा ७१ प्रतिशत रहेको प्राथमिक शिक्षा २०१६ सम्म आइपुग्दा ९७ प्रतिशत पुगेको र महिलाको संख्या पनि ६१ प्रतिशतले वढेर ९७ प्रतिशत पुगेको विश्व बैंकले जनाएको छ । विभिन्न कठिनाइका बाबजुद पनि नेपालले शिक्षा क्षेत्रमा राम्रो प्रगति गर्दै गएको विश्व बैंकले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । विश्व बैंकले १९९२ देखि विद्यालय शिक्षाका लागि सहयोग गर्दै आएको छ ।

World Bank

विशेष