अर्थ

नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत पुग्ने

नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत पुग्ने

चैत १६ । एसियाली विकास बैंक ९एडीबी०ले चालु आर्थिक वर्ष २०७३र०७४ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत बढी हुने संशोधित अनुमान गरेको छ ।

एडिबी नेपालस्थित कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक परिदृश्यमा चालु वर्षमा आर्थिक वृद्धि ५।२ देखि ६।२ प्रतिशतको बीचमा रहने संशोधित प्रक्षेपण गरेको जनाएको हो ।

यस्तै एडीबीले मूल्यवृद्धि ६ देखि साढे ६ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ ।

एडीबीका अर्थविद् शरद भण्डारीले सामान्य अवस्थामा फर्किएको व्यापार, लोडसेडिङमा आएको कमी, सामान्य मौसमी अवस्था एवं भूकम्पपछिको पुनःनिर्माणले लिएको गतिका कारण यस वर्ष आर्थिक परिदृश्य आशालाग्दो देखिएको बताए । एडीबीले यस वर्ष सरकारले महत्वाकांक्षी बजेट ल्याएपनि खर्चको कार्यसम्पादन भने उत्साहजनक नरहेको जनाएको छ ।

बजेट कार्यान्वयनमा सरकारको कमजोर क्षमता यसपटक पनि देखिने संकेत गरेको एडीबीले जनाएको छ । नेपालको उच्च आर्थिक वृद्धिका लागि प्राथमिक क्षेत्रमा स्वदेशी एवं वैदेशिक लगानी बढाउनुपर्नेमा एडीबीले जोड दिएको छ ।

एडीबीका देशिय निर्देशक किनिची ओकोयामाले पूर्वाधार र लगानी सम्मेलनमा वैदेशिक लगानीलाई उच्च प्राथमिकतामा राखेको राजनीतिक प्रतिबद्धताले सकारात्मक सन्देश दिएको बताए । वैदेशिक लगानी भित्र्याउन भिसा र आम्दानी फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउन एडीबीले सुझाव दिएको छ ।

Adb

विशेष